IME Life New

शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न सामलिङ्ग पावरको आग्रह उपलब्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचिकृत गरिसकेको छ । कम्पनीले शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानिय शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

संस्थापकतर्फ र आयोजना प्रभावित स्थानियतर्फको स्वामित्वमा रहेको शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचिकृत भइसकेको छ ।सर्वसाधारणतर्फको शेयर कारोबार योग्य भएपनि संस्थापक तर्फ र आयोजना प्रभावित स्थानियतर्फको शेयर भने २०८१ साल कात्तिक १५ गतेदेखि मात्र कारोबार योग्य हुनेछ ।

Esewa
Crest

धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गैसकेको अवस्थामा कम्पनीले संस्थापक र आयोजना प्रभावित स्थानियलाई पनि अभौतिक रुपमा शेयर धारण गर्न आग्रह गरेको हो ।

यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क राखी लकइन पिरियड सहितको डिआरएन मार्फत सहज तरिकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको हो ।

त्यस्तै आयोजना प्रभावित स्थानियले भने कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क राखी आफुलाई बाँडफाँड भएको शेयर कित्ताको जानकारी पश्चात सम्बन्धीत निक्षेप सदस्यकोमा लकइन पिरियड सहितको डिआरएन मार्फत शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS