IME Life New

शुक्रबार पनि नआउने भयो मौद्रिक समीक्षा, आगामी सातामात्रै सार्वजनिक गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिले उद्योगी–व्यवसायी, सेयरबजारका लगानीकर्तालगायत अधिकांश चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कुरेर बसेका छन्।

कात्तिक मसान्तसम्म ल्याइनुपर्ने मौद्रिक समीक्षा मंसिरको मध्य लागिसक्दा पनि नेपाल राष्ट्र बैंकले ल्याएको छैन। यो साताको अन्तिम दिन शुक्रबारसम्म मौद्रिक समीक्षा आउने भनिएको थियो। तर, त्यो मिति पनि टरेको छ। अब आगामी सातामात्रै मौद्रिक समीक्षा ल्याउने सोचमा राष्ट्र बैंक पुगेको छ।

Esewa
Crest

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक समीक्षाको तयार लगभग अन्तिम चरणमा पुगेको छ। ‘आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा प्रतिवेदन बुझाइसकेको छ, म्यानेजमेन्ट कमिटीमा प्रतिवेदनमाथि छलफल गरेर आजै साँझ सार्वजनिक गर्ने वा नभए भोलि शुक्रबार बिहानसम्म मौद्रिक समीक्षा ल्याउने प्रयास आज दिनभर भएकै हो’, स्रोतले भन्यो, ‘तर, म्यानेजमेन्ट कमिटीमा प्रतिवेदनमाथि आज टुंगिएन। त्यसैले भोलि पनि छलफल जारी रहनेछ।’

राष्ट्र बैंकको बोर्ड बैठक भोलि नबस्ने पनि स्रोतको दाबी छ। ‘पहिले म्यानेजमेन्ट कमिटीले छलफल सक्नुपर्यो, त्यसपछि मात्रै बोर्ड बैठक बस्ने हो’, स्रोतले भन्यो, ‘त्यसैले भोलि बोर्ड बैठक बस्ने सम्भावना छैन। अब आगामी सातामात्रै बोर्ड बैठक बस्छ होला।’

म्यानेजमेन्ट कमिटीमा मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमाथि छलफल शुक्रबार टुंग्याउने प्रयास हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। ‘मुलुकको अहिलेको अर्थतन्त्र र निजी क्षेत्र तथा सरकारसँग भएका निरन्तरताको छलफल प्राप्त राय–सुझावलाई समेटेर मौद्रिक समीक्षा ल्याउने प्रयास भइरहेको छ’, ती अधिकारीले भने, ‘त्यसैले समीक्षा ल्याउन केही ढिलाइ हुने भएको छ।’

आगामी साताभित्रै मौद्रिक समीक्षा सार्वजनिक हुने पनि ती अधिकारीले जानकारी दिए। ‘अब समीक्षा ल्याउन ढिला भइसकेको छ, आगामी साताभित्रै सार्वजनिक हुन्छ’, ती अधिकारीले भने, ‘समीक्षा ढिला गरी आए पनि यसले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनेमा राष्ट्र बैंक ढुक्क छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

57%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS