IME Life New

शिवम सिमेन्टको नाफा १६ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शिवम सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १६ दशमलब १३ प्रतिशतले नाफा बढाएको छ। कोभिड १९ का कारण कम्पनीको सिमेन्ट बिक्रीमा ह्रास आए पनि अन्य आम्दानीमा सुधार गर्दा नाफा बढेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। त्यस्तै सिमेन्ट बिक्री भने ४ अर्ब ६९ करोड रुपैयाँबाट ४ अर्ब २५ करोड रुपैयाँमा खुम्चिएको छ।

Esewa
Crest

अन्य आम्दानी भने एक करोड ३१ लाख रुपैयाँबाट तीन करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ। यसै अवधिमा कम्पनीले कच्चा पदार्थमा ठुलो लगानी गरेको छ। कोभिड १९ को संकट विस्तारै न्युनिकरण हुँदै गर्दा विकासका कामहरु अगाडि बढ्ने भएकाले उत्पादन क्षमता बढाउन कच्चा पदार्थमा लगानी बृद्धि गरेको देखिन्छ।

कम्पनीको चुक्ता पुँजी चार अर्ब ४० करोड रहेको छ। जगेडा कोषमा शेयर प्रिमियम बापत ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने अन्य कोषमा तीन अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ रहेको कम्पनीको दोस्रो बजारमा अधिकतम १७ सय रुपैयाँसम्ममा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS