IME Life New

शिवम र हिमालयन डिष्टीलरीका संस्थापकले धमाधम किन बेच्दैछन् सेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वास्तविक क्षेत्रका कम्पनी भन्दै सेयर बजारमा ल्याएर छाडा छाडेका कम्पनीहरु मध्ये शिवम सिमेन्ट र हिमालयन डिष्टीलरीका संस्थापकले कानून विहिनताको फाईदा उठाउँदै धमाधम सेयर बेचेर कम्पनी छाड्दै छन् ।

हिमालयन डिष्टीलरीका संस्थापकले पाँच बर्ष अगाडिदेखि नै कम्पनीको मूल्य उचाल्ने बोनस सेयरको फण्डा निकालेर सर्बसाधारणलाई सेयर बिक्री गर्ने धन्दा चलाएका थिए भने शिवम सिमेन्टका संस्थापकले एक बर्ष अगाडिदेखि संस्थापक सेयरलाई स्वतः सर्बसाधारण समूहमा परिवर्तन गराई सेयर बिक्री गरिरहेका छन् ।

Esewa
Crest

यी दुबै कम्पनीका संस्थापकहरुले लगातार सेयर बिक्री गरेर बजारमा आपुर्ति बढाएका कारणले ती कम्पनीका सेयर मूल्यहरु लगातार खस्किईरहेका छन् । एक बर्ष अगाडि झण्डै ५ हजार रुपैयाँ हाराहारीमा रहेको हिमालयन डिष्टीलरीको सेयर मूल्य अहिले दुई हजार रुपैयाँको बिन्दुमा झरेको छ । उसले घोषणा गरेको ६० प्रतिशत बोनसको मूल्य समायोजनको कारणले मूल्य समायोजन र समग्र बजारमा आएको बिक्री चापले मूल्य खस्कन सहयोग पुगे पनि मुख्य कारण चाँही संस्थापकले सर्बसाधारण समूहमा परिवर्तन भएको सेयर बिक्री चाप नै मुख्य मानिएको छ ।

त्यसैगरी एक बर्ष अगाडि १५०० रुपैयाँ माथि रहेको शिवम सिमेन्टको सेयर मूल्य लगातार खस्किएर अहिले ४०० रुपैयाँ हाराहारीमा झरेको छ । यो मूल्य उसले चार बर्ष अगाडि प्रिमियम मूल्यमा आईपीओ बिक्री गरे बराबरको हो । संस्थापकहरुले लगातार सेयर बिक्री गरेपछि बजारले आपुर्ति थाम्न नसक्दा सेयरको मूल्य खस्किएको छ ।

यी दुबै कम्पनीको दोस्रो बजारबाट महंगो मूल्यमा सेयर किन्ने लगानीकर्ताहरु नराम्रोसँग ठगिएका छन् । संभवतः महंगो मूल्यमा सेयर किनेकाहरुले आगामी दिनमा यी दुबै कम्पनीको सेयरमा लागत उठाएर नाफा गर्न सक्ने छैनन् ।

संस्थापकहरुले कम्पनीको सेयर बेचेर बाहिरिए पछि संस्थागत सुशासनको अबस्था समेत खराब बन्ने संभावना बढेको छ । हिमालयन डिष्टीलरीका मुख्य संचालक शाह र उनकी श्रीमतिसहितको परिवारमा ठूलो कित्ता सेयरहरु रहेकोमा उनीहरु सबै संचालकबाट बाहिरिएर धमाधम सेयर बिक्री गरिरहेका छन् भने शिवम सिमेन्टका मुख्य संस्थापक सतिष मोर लगायतकाहरु संचालकबाट हटेर धमाधम सेयर बिक्री गरिरहेका छन् ।

बैंक तथा बित्तीय संस्था र बीमा कम्पनीहरुको प्रत्यक्ष नियमनकारी निकाय रहेको, कडा नियमन हुने, संस्थापकले सेयर बिक्री गर्न पर्दा पनि साधारणसभाबाट प्रस्ताब पारित गरेर नियमनकारी निकायबाट अनुमति लिनुपर्ने र ५१ प्रतिशत संस्थापक हिस्सेदारी कायम राख्नैपर्ने नियम छ तर कथित वास्तविक क्षेत्रका भनिएका शिवम र हिमालयन डिष्टीलरी जस्ता कम्पनीहरुका लागि कुनै नियमनकारी निकाय नभएको, जे गर्न पनि छुट हुने, ५१ प्रतिशत संस्थापक हिस्सेदारी कायम राख्नु नपर्ने, आईपीओ बिक्री गरेको तीन बर्ष पनि सबै संस्थापक सेयर साधारण हुने र दोस्रो बजारमा बिक्री गरेर संस्थापकहरु बाहिरिन मिल्ने कानूनी छुट छ । संचालकबाट राजीनामा दिएको एक बर्ष पुगेपछि संचालकले पनि मज्जाले आफ्नो सेयर बिक्री गर्न र किन्न पाईने छुटले कथित वास्तविक क्षेत्रका कम्पनीहरुमा ब्रम्हलुट नै मच्चाईएको छ ।

सरकार र धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनी भन्दै जथाभवी गर्न छुट दिएपछि शिवम सिमेन्टका संस्थापकले प्रिमियममा १२ प्रतिशत आईपीओ बिक्री गरेर आफ्नो चुक्ता पूँजी भन्दा बढी रकम दोस्रो बजारबाट संकलन गरे । आईपीओबाट संकलित रकम तीन बर्षसम्म आफुखुशी उपयोग गरी फाईदा लिए र अहिले चार करोड कित्ता सेयर सर्बसाधारण सरह बिक्री गरेर धमाधम कम्पनी छाड्दै छन् । सिमेन्ट उद्योग क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र निर्माण क्षेत्रमा आएको सुस्तताले सिमेन्ट बिक्रीमा कमी आएपछि संस्थापकहरु चलाखी गरेर कम्पनीबाट बाहिर निस्कदै गरेको बुझ्न सकिन्छ । यसले कम्पनीको अबस्थामा खराबी आउनसक्ने जोखिम बढेको आँकलन गरिएको छ ।

त्यसैगरी हिमालयन डिष्टीलरीका संस्थापकले बोनस सेयरको फन्डा सर्बसाधारण सेयरधनीको दिमाग खुुसाएर मूल्य माथि पुर्याएर आफ्ना सेयरहरु बिक्री गरेका छन् । तीन बर्ष अगाडि ८ हजार रुपैयाँसम्म पुगेको हिमालयन डिष्टीलरीको सेयर अहिले दुुई हजार हाराहारीमा झर्नुमा संस्थापकहरुले बजारमा बढाईदिएकाृ आपुर्ति नै मुख्य कारण हो । त्यसमाथि कम्पनीको लोकप्र्रिय उत्पादन गोल्डेन वोयक को बिक्री खस्केर कम्पनीको आम्दानी नै घट्न थालेकाले कम्पनीको संस्थागत अबस्थामा समेत असर पर्ने आँकलन गरिएको छ ।

वास्तविक क्षेत्र अर्थात रियल सेक्टर भन्दै यस्ता कम्पनीहरुलाई छाडा छाडेर सेयर बजारमा जथाभावी गर्न दिने नेपाल सरकार र धितोपत्र बोर्डले तत्काल कदम नचालेमा दोस्रो बजारका सर्बसाधारण लगानीकर्ताले अरु धेरै क्षति ब्यहोर्नपर्ने देखिन्छ । सेयर बजार जोखिमको क्षेत्र भएकाले सर्बसाधारण लगानीकर्ता पनि आफै सचेत र जिम्मेवार भएर कम्पनीको वास्तविक अवस्था बुझेर मात्र कारोबार गर्नुपर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

2%
happy

खुसी

15%
sad

दु :खी

16%
amazed

अचम्मित

5%
excited

उत्साहित

62%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS