IME Life New

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी उद्घाटन गरिन् । सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुवँर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई बिशेषज्ञ सेवाको टिकट प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित संञ्चालन गरिने बताइन् । जनताको स्वास्थ्य भन्दा ठूलो कुरा केही नहुने भन्दै उनले महानगरपालिकाले नगरबासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताइन् ।यस केन्द्रलाई नगर स्तरीय अस्पतालको रुपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उल्लेख गरिन् ।

Esewa
Crest

महानगर उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए । महानगरको गाउँगाउमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो ।

केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना विरामी सेवा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS