IME Life New

शिखर इन्स्योरेन्सले आ.व २०७४/७५ मा लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिखर इन्स्योरेन्स कम्पनीले २०७४ ७५ मा लाभांश घोषणा नगर्ने भएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अन्तर्गतको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएकाले बोनश शेयर तथा नगद लाभांश प्रस्ताव नगर्ने भएको हो ।

असार ५ गते बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४ ७५ को बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरण तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड बमोजिमको वित्तीय विवरण पारित गरी बीमा समितिको स्विकृतार्थ पेश गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरण अनुसार कम्पनीले २०७४ ७५ मा ३९ करोड ९२ लाख ७४ हजार ७ सय ८२ रुपैयाँ खुद नाफा कमाएको देखिएको छ भने नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डका अनुसार ४५ करोड ५५ लाख ७७ हजार ९ सय २१ रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण देखिएता पनि कम्पनीले बोनश शेयर तथा नगद लाभांश प्रस्ताव नगर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS