IME Life New

शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई चार करोड प्रदान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय कुमार शाह परिवारले अस्पताललाई चार करोड आर्थिक सहयोगको प्रतिबद्दता जनाएको छ। शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको हो।

यो योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने विश्वास शाह परिवारले लिएको छ। जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसियू नामाकरण गरिनेछ ।

Esewa
Crest

गत भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ। यद्यपी, यो सहयोग शाह परिवारको निजी पुँजिबाट प्रदान गरीएको हो।

कुल सहयोग प्रतिबद्धता मध्ये बाँकि ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिने जनाइएको छ । सबै सहयोग रकम विजय कुमार शाहको निजी सम्पतीबाट गरिएको हो । प्रस्तुत सहयोग तिन पटक सम्म नेपालकै शिर्ष करदाता भएका विजय कुमार शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS