IME Life New

वैशाख २४ र २६ गते हुने जीवन बीमा अभिकर्ता परीक्षाको समय तालिका सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैशाख २४ गते र वैशाख २६ गते हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले वैशाख २४ गते सोमबार दिनको २ बजेबाट साढे ३ बजेसम्म संचालन गर्ने जनाएको छ । त्यस्तै प्राधिकरणले वैशाख २६ गते बुधबार दिउँसो २ बजेबाट साढे ३ बजेसम्म संचालन गर्ने बताएको छ ।

Esewa
Crest

प्राधिकरणले आज वैशाख २३ गते पनि परीक्षा संचालन गर्दैछ । आज दिउँसो ३ बजेबाट साढे ४ बजेसम्म संचालन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS