IME Life New

वैशाखमा लगानी सम्मेलन गर्ने सरकारको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्न लागेको अर्थमन्त्री डा. प्रकाश शरण महतले जनाएका छन् । यो नेपालमा गर्न लागेको तेस्रो लगानी सम्मेलन हो ।

तेस्रो लगानी सम्मेलन २०८१ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निर्देशक समिति बनेको छ । निर्देशक समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

निर्देशक समितिमा परराष्ट्र, जलस्रोत तथा सिँचाइ, भौतिकलगायतका संस्कृति, पर्यटन तथा नागरिक उड्यन, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, सहरी विकासलगायतका मन्त्रालयका मन्त्रीहरू, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका तीनवटा संस्थाका अध्यक्षहरु सदस्य रहेका छन्।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत निर्देशक समितिको सदस्य सचिव छन्। निर्देशक समितिको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने छ। नेपालले यस अघि सन् २०१७ र सन् २०१९ मा लगानी सम्मेलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS