IME Life New

वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अनावश्यक दुःख नदिन म्यानपावरलाई चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावरलाई चेतावनी दिएको छ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीहरुले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता कार्य गरेको गुनासा आएको भन्दै यस्तो चेतावनी दिएको हो। त्यस्ता गुनासा विभागमा समेत आउने गरेकोले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

Esewa
Crest

विज्ञप्तिमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिएअनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेको उल्लेख छ। त्यस्ता कार्य नगरी विज्ञापनबमोजिम अन्तर्वार्ता गराउनसमेत विभागले निर्देशन दिएको छ।

यसैगरी अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरुले समेत तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको गुनासा प्राप्त भएको विभागले जनाएको छ। विभागबाट अनुगमन गर्दासमेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेरमात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले निर्देशन दिएको छ। अन्यथा गरेमा नियमानुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS