IME Life New

विशिष्टिकृत कोष व्यवस्थापकमा ५ वटा संस्था सूचिकृत 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोष व्यवस्थापकको रुपमा ५ वटा क्यापिटललाई सूचिकृत गरेको छ । बोर्डले ग्लोबल इक्विटी फण्ड, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइविएल एस क्यापिटल र एनआईसी एशिया क्यापिटललाई सूचिकृत गरेको हो ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमति प्राप्त गर्न बोर्डमा निवेदन दिएका ९ संगठित संस्थाले निवेदन दिएका थिए । निवेदन दिएका ९ मध्ये आवस्यक कागजात तथा विवरण पुरा गरेका ५ वटालाई बोर्डले अनुमति दिएको हो ।

Esewa
Crest

नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यसत् कोष व्यवस्थापकलाई अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ । नेपालको पूँजी बजारमा हाल शेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्रै उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल कोषको नियमान व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ वैकल्पिक उपकरणको विकास भई स्टार्ट अफ व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचालन हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यकितगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत अर्थत्नत्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको छ । प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत पूँजी परिचालन भइ नविनतम ज्ञान, सिप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तीसँग सम्बन्धित व्यवस्या वा नविनतम उद्दयम व्यसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई सुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोक्षको स्थापन र संचालनको पूँजी बजारको दायरा फराकिलो हुने, पूँजि बजारमा नयाँ एवं आधुनिक वित्तीय उपकरणको प्रयोग हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS