IME Life New

विराटनगरमा पहिलो केएफसी र पिज्जा हट संचालन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विराटनगरमा पहिलो केएफसी र पिज्जा हट संचालनमा आउने भएको छ । देवयानी इन्टरनेशनल नेपाल प्रा. लिमिटेड नेपालमा यी रेस्टुरेन्टहरूको लागि इजाजतपत्र प्राप्त फ्रान्चाइजी हो । कम्पनीका अनुसार यो विराटनगरको पहिलो केएफसी र नेपालमै १७ औँ हुनेछ । त्यसैगरी प्रदेश १ मा यो पहिलो पिज्जा हट र समग्र नेपालमा पाँचौं हुनेछ ।

कम्पनीले भनेको छ विराटनगरको मुटुमा रहेको द सेन्चुरियन मलमा अवस्थित यी नयाँ रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने वाचा गरेका छन् । हट एण्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स, र सधैं लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछ । र तपाईहरूले केएफसीको प्रख्यात केएफसी बकेट पनि पाउन सक्नु हुनेछ ।

Esewa
Crest

पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता व्यंजनहरू र एपेटाइजरहरूका साथ आफ्नो प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । पिज्जा प्रेमिहरूको लागि आफ्नो पिज्जा स्वादअनुसार अनुकुलन गर्ने विकल्प पनि रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले भन्यो यो भव्य उद्घाटनले उत्साह, स्वादिष्ट खाना, र स्थानीय समुदायसँग यो उपलब्धि मनाउने अवसरले भरिएको वातावरणको वाचा गर्दछ । यस अवसरमा विशेष अफर र प्रमोशनहरूपनि हुनेछन्, र त्यसको लागि पनि तयार रहनुहोस् । विराटनगरमा रहेको केएफसी र पिज्जा हट रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने बाचा गर्दछ । विराटनगरमा केएफसी र पिज्जा हटको यो भव्य उद्घाटनलाई नछुटाउनुहोस्, जहाँ पिज्जा र चिकेन प्रेमीहरू एकैसाथ एक उत्कृष्ट भोजनको अनुभव लिन सक्छन् । तपाई डाइन इन गर्नका साथै हाम्रो डेलिभरी साझेदार भोजद्वारा हाम्रो डेलिभरी सेवा पनि रोज्न सक्नुहुनेछ।

कम्पनीका अनुसार केएफसी स्टोर बिहान १० बजे देखि बेलुका १० बजे सम्म खुल्ला हुन्छ, १५३४ स्क्वायर फीट कभर गर्छ र ४५ जना मान्छे अट्न सक्छन् र पिज्जा हट रेस्टुरेन्ट उही समयमा खुल्छ, १२५० स्क्वायर फिट कभर गर्छ, र ५७ जना अट्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS