IME Life New

वियरमा सुरु भयो प्रतिस्पर्धा-दुई सय ६५ वर्ष पुरानो जर्मनी वियर ‘वार्सटाइनर’ नेपालमा उत्पादन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

२१ चैत, बुटवल । विश्वविख्यात बियर ब्राण्ड ‘वारस्टेइनर’को व्यवसायिक उत्पादन नेपालमा शुरु भएको छ । जर्मनीको वारस्टेइनर ग्रुपले जावलाखेल ग्रुप अफ इण्डस्टि्रजसँग मिलेर पश्चिम नवलपरासीको हकुहीस्थित राज ब्रुअरीले ‘वारस्टेेइनर’ को उत्पादन थालेको हो ।

कम्पनीले जर्मनी ब्राण्ड वार्सटाइनर वियर नेपालमा उत्पादन गरेर बिक्री सुरु गरेको हो। हाकुई नवलपरासीस्थित अत्याधुनिक उद्योग परिसरबाट यो वियरको बिक्री शुभारम्भ गरिएको हो।यो समूहको रुस्लान भोड्काका मदिरामा नम्बर वान ब्राण्ड हो।रुस्लानको मार्केटिङ स्ट्रेन्थका कारण समेत वियरको बजार लिन सहज हुनेछ।

Esewa
Crest

उद्योगका लागि हाल ३ अर्ब ६० करोड ५० लाख लगानी भइसकेको छ, जुन आगामी २ वर्षभित्र ५ अर्ब पुर्‍याउने योजना छ । उद्योगले वाषिर्क २० देखि २४ लाख केस (कार्टुन) बियर उत्पादन गर्ने उद्योगले जनाएको छ ।

अन्तरराष्ट्रियस्तरमै अग्रणी दाबी गरिएको ‘वारस्टेइनर’ ब्राण्डको बियर उत्पादनका लागि पानी वाहेक सबै कच्चा पदार्थहरु जर्मनीबाटै आयात हुनेछ । जर्मनीकै ३० वर्ष अनुभवी प्राविधिक -(ब्रीउ मास्टर) को निगरानीमा उत्पादन हुने जावलाखेल ग्रुप अफ इण्डस्टि्रजका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।

उत्कृष्ट ब्राण्ड ठानेर ‘वारस्टेइनर’लाई भित्राएको कम्पनीकी अध्यक्ष म्यागी शाहले बताइन् । बजारमा आएको एक हप्तामै धेरै राम्रो प्रतिक्रिया भएको भन्दै उनले यसले आफूहरु उत्साहित भएको बताइन् । ‘बजारमा गएको एक हप्तामै उत्साहजनक माग भएको छ’ शाहले भनिन् ।

उद्योगबाट उत्पादन हुने हरेक ब्याचका १२ बोतल बियर प्रयोगशालामा गुणस्तर जाँचका लागि पठाइने छ र, गुणस्तर ठीक भएको प्रमाणित भएपछि मात्र बजारमा पठाइने कम्पनीले जनाएको छ ।

‘वारस्टेइनर’ ग्रुप जर्मनीकी अध्यक्ष क्याथरिनाले मदिराजन्य उद्योगमा दशकौं अनुभव संगालेको र नेपालमा स्थापित अग्रणी उद्योग भएकाले जर्मन ब्राण्डकै बियर ‘वारस्टेइनर’ उत्पादनमा लगानी साझेदारी गरेको बताइन् ।

उत्पादन लागत र गुणस्तरका हिसाबले प्रति बोतल तीन सयदेखि तीन सय ५० रुपैयां खुद्रा मुल्य पर्न आउँछ तर, नेपाली उपभोक्ताको क्रय शक्तिलाई ध्यानमा राखेर जर्मन साझेदारकै सुझावमा प्रतिवोतल उपभोक्ता मूल्य २९० रुपैयाँ कायम गरिएको प्रबन्ध निर्देशक शाहले जानकारी दिए ।

कम्पनीले आगामी ६ महिनामा ब्राण्डको बजारीकरणका लागि २७ करोड खर्चने योजना बनाएको छ । नेपालस्थित जर्मन दूतावासकी उपप्रमुख डा. क्लाउडियाले जर्मनको प्रशिद्ध कम्पनीले नेपाली उद्योगीसँग साझेदारीमा लगानी गर्नुले नेपालको आर्थिक विकास र दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS