IME Life New

विमान दुर्घटना अपडेटः १९ यात्रु थिए, चारवटा शव निकालियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त क्षेत्रबाट चारवटा शव बाहिर निकालिएको छ।

दुर्घटनास्थलमा पुगेका विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले अहिलेसम्म चारवटा शव बाहिर निकालिएको जानकारी दिए। ‘अहिले उद्धार गर्ने काम भइरहेको छ’, उनले भने।

Esewa
Crest

सौर्य एयरको ९ एनए एमई कल साइन भएको जहाज बिहान ११ बजेतिर उड्नेबित्तिकै खसेको थियो।

विमान क्याप्टेन मनीष शाक्यले उडाएका थिए। क्याप्टेनलाई भने उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको विमानस्थल कार्यालयका एक अधिकारीले बताए। ‘विमानमा १९ जान यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ’, ती अधिकारीले भने।

खस्नेबित्तिकै विमानमा आगो लागेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS