IME Life New

विप्रेषण सेवामा आक्रामक बन्दै ई-सेवा, निःशुल्क सेवामार्फत् बजार प्रवेश गर्ने रणनीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। व्यापारिक विविधिकरणमा विशेष जोड दिएको इ-सेवाले मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको विप्रेषणको आप्रवाह सेवालाई अहिले प्राथमिकता मा राखेको छ। ई सेवाले इसेवा डिजिटल वालेट (अभौतिक नगद भुक्तानी माध्यम) को प्रयोगकर्ता ग्राहकलाई आन्तरिक विप्रेषण आप्रवाहको लागि आकर्षित गर्न निःशुल्क सेवाको घोषणा गरेको छ।

ई सेवामा उपलब्ध ईसेवा रेमिट्यान्स मार्फत् प्रयोगकर्ताले देशैभर एक पटकमा २५ हजार रुपैयाँ निस्शुल्क विप्रेषण पठाउन सक्नेछन्। यो निस् शुल्क सेवा तीन महिनाको लागि उपलब्ध रहने ईसेवाले सार्वजनिक गरेको छ। विप्रेषण आप्रवाहको माध्यमबाट भित्रिने विदेशी मुद्राको आम्दानीले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २२.५ प्रतिशत योगदान पुर्याइरहेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो। मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको विप्रेषणलाई अझ सहजरुपमा सर्बसाधारणको हातहातमा पुर्याउने उद्देश्यले ईसेवाले विप्रेषण सम्बन्धि सेवा शुरु गरेको हो। ई-सेवाले विदेशबाट विप्रेषण भित्र्याउनको लागि विदेशस्थित विभिन्न विप्रेषण सेवा प्रदायक संस्थाहरुसँग साझेदारीको सम्झौता धमाधम गरिरहेको छ।

आन्तरिक विप्रेषणको लागि प्रयोगकर्तालाई अभ्यस्त बनाउँदै विदेशी विप्रेषण आप्रवाहमा जोड दिने ई-सेवाको रणनीति रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक वा गैरआवासीय नेपालीलाई स्वदेशी डिजिटल वालेटमार्फत् नै विप्रेषण आदानप्रदानको लागि जोड्न‌ सकेमा भविष्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई‌ लक्षित गरेर थप वित्तीय सेवा उपलब्ध गराउन सकिने संभावना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS