IME Life New

विन्ध्यावासिनी हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। घोषित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।

Esewa
Crest

कम्पनीले आउँदो मंसिर ६ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सभाले प्रस्तावित लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले कम्पनी ऐनबमोजिम कम्पनीको सञ्चालक समितिको संख्या संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरक्षिकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश र सभामा भाग लिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS