IME Life New

विद्युत बिक्रीको आम्दानी बढ्दा रिभर फल्स नाफामा, रिजर्भ पनि धनात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० लाख ७१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।

Esewa
Crest

प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ५१.१० प्रतिशतले बढेको छ। कम्पनीको अन्य आम्दानी ११ लाख ५१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रत्यक्ष खर्च घटेर ४८ लाख ७८ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष प्रत्यक्ष खर्च ९९ लाख ८४ हजार रुपैयाँ थियो।

चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा रिजर्भ र सरप्लस ६ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १९.१२ रुपैयाँ रहेको छ। पीई रेसियो २८.७७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४.९२ रुपैयाँ रहेको छ।

गत बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको प्रतिकित्ता शेयरभाउ ८०५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS