IME Life New

विद्युत प्राधिकरणलाई साैर्य उर्जा बेचि रहेको सोलार फार्मले पायो डब्बल बि प्लस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणमा शेयर निष्काशनको तयारीमा रहेको सोलार फार्म लिमिटेडले केयर रेटिङ्गसबाट ‘केयर एनपि डब्बल बी प्लस’ रेटिङ पाएको छ। रेटिङ्गसका अनुसार यस्तो मूल्या‌ंकन प्राप्त गर्ने कम्पनीले नेपालमा समयमै वित्तीय दायीत्व बहन गर्न सक्ने पक्षमा मध्यमस्तरको जोखिम रहेको अवस्थालाई जनाउँछ।

सन् २०१७ मा स्थापित सोलार फार्मले सन् २०२१ को सेप्टेम्बरदेखि ५ मेगा वाट क्षमताको सोलारबाट विद्युत उत्पादन शुरु गरेको हो । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ । कम्पनीले थप ५ मेगावाट क्षमताको सोलार प्लाण्टको निर्माण गर्न लागेको छ। यसका लागि कूल ४५ करोड रुपैयाँ लगानी आवश्यक पर्नेछ। शेयर निष्काशन मार्फत् प्राप्त हुने २० करोड रुपैयाँ र बाँकी ऋण लगानीबाट पूँजी जुटाउने कम्पनीको योजना छ। नयाँ प्लाण्टका लागि कम्पनीले ऋण पूँजीवापतको श्रोत सुनिश्चित गरि सकेको छैन ।केयर रेटिङ्गसका अनुसार नयाँ योजना कहिलेसम्ममा सम्पन्न भइसक्ने बारे पनि कम्पनीले समय सीमा तय गर्न बाँकी छ।

Esewa
Crest

सोलार फार्मले गत चैतमा झापाको बैगुनधुरास्थित ईस्ट सोलार प्रा.लि. कम्पनीको स्वामित्वमा रहेको ईस्ट सोलारको ५ मेगावाट क्षमताको निर्माणाधीन साैर्य उर्जा परियोजना सहित १० बिघा जमिन तीस वर्षको लागि लिजमा लिने सम्झाैता गरेको थियो । यो कम्पनीले नेपाल विद्युत प्राधिकरणसंग प्रति यूनिट उर्जा ६ रुपैयाँ ६० पैसाका दरले बिक्री गर्न पच्चीस वर्षको लागि नेपाल विद्युत प्राधिकरणसँग बिक्री सम्झाैता गरि सकेको छ। यो परियोजनालाई एशियाली विकास बैंकले तीन वर्षको लागि प्रति यूनिट १० रुपैयाँका दरले थप अनुदान दिने सहमति गरेको छ ।

गत आवमा साैर्य बिजुली बेचेर यो कम्पनीले कूल ४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

धितोपत्र बोर्ड नेपालमा दिएको निवेदन अनुसार सोलार फार्म लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २०,००,००० कित्ता साधारण शेयर  जारी गरेर २० करोड रुपैयाँ थप पूँजी जुटाउने तयारी गरेको छ। शेयर निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सोलार फार्म लिमिटेडको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS