IME Life New

विद्युत प्रसारण लाइन नजिकका मापदण्डविपरीतका संरचना हटाउन विद्यालयलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारण लाइन आसपासका मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको छ।

महानगरले आफ्नो पालिकाभित्र सबै विद्यालयका नाममा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। विद्युत प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत ऐन, २०४९ र विद्युत नियमावली, २०५० ले तोकेबमोजिम मापदण्ड पालना गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

Esewa
Crest

कानुनी व्यवस्थाअनुसार विद्युत भोल्टको स्तर २३०/४०० देखि ११००० सम्म घर तथा रुखबाट हुने न्यूनतम दूरी १.२५ मिटर, ११००० देखि ३३००० सम्म २ मिटर र ३३००० भोल्टका लागि न्यूनतम दूरी प्रत्येक ३३००० का लागि ०.३०५ मिटर गर्नुपर्छ। सोही व्यवस्थाबमोजिम विद्यालयको भवन, घर, टहरा, कक्षाकोठालगायत भौतिक संरचना मापदण्डभित्र पर्ने भएमा मापदण्डविपरीतका संरचना तथा भागहरु सावधानीपूर्वक हटाउन विद्यालय तथा घरधनीलाई महानगरले निर्देशन दिएको छ।

यसका लागि महानगरले ३५ दिनको समय दिएको छ। तोकिएको समयसीमाभित्र मापदण्डविपरीतका संरचना नहटाएमा कानुनबमोजिम कारबाही अगाडि बढाइने महानगरले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS