IME Life New

विद्युत् उत्पादकहरुलाई बक्यौता रोयल्टी फरफारख गर्न ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरुलाई विद्युत बक्यौता रोयल्टी फरफारख गर्न ताकेता गरेको छ।

विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरुलाई पत्र काट्दै जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्रीबापतको बक्यौता रोयल्टी अविलम्ब दाखिला गर्न ताकेता गरेको हो। यसका लागि विभागले ३५ दिनको समयसीमा दिएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र आर्थिक वर्ष २०८०।८१ सम्मको विद्युत रोयल्टी बक्यौता फरफारख गर्न र आर्थिक वर्ष २०८१।८२ को जडित क्षमताबापतको विद्युत रोयल्टी समयमै बुझाउन विभागले निर्देशन दिएको छ।

जलविद्युत आयोजनाका आधिकारिक प्रतिनिधिमार्फत आयोजना अनुगमन, सुविधा सिफारिस तथा विद्युत प्रणाली व्यवस्थापन महाशाखामा अनिवार्य रुपमा सम्पर्क गरी फरफारख गर्न पनि विभागले निर्देशन दिएको छ।

रोयल्टी तिर्नु र तिराउनुपर्ने सबै सरोकारावालाको जिम्मेवारी भएकोले आफ्नो जिम्मेवारी पूर्ण रुपमा बहन गर्न पनि विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS