IME Life New

विद्युतको बक्यौता रकम तिर्न उद्योगहरुलाई मंसिर १२ गतेसम्मको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम तिर्न फेरि ताकेता गरेको छ। प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न सूचित गरेको छ।

मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको सूचनामा उल्लेख छ। सोहीअनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बक्यौता बुझाउन सूचनामा उल्लेख छ।

Esewa
Crest

मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ।

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो। सरकारको निर्देशनपछि प्राधिकरणले पुनः उद्योगहरुमा लाइन जोडिदिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS