IME Life New

विद्यार्थीलाई करियर सम्बन्धी सल्लाह दिने पहिलो सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माध्यमिक तहको (२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ। ‘करियर कन्क्लेभ’ बिद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर आयोजना गरिएको नेपालको राष्ट्रियस्तरको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ।

प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालमा करियर बनाउन केही चुनौती देखिएपनि ती चुनौतीको सामना गर्नुपर्ने बताए। उनले करियर बनाउन विदेश जानु मात्र नभएको भन्दै विद्यार्थीहरुले नेपालमा भविष्य बन्ने प्रसस्त ठाउँहरूको खोजि गर्नुपर्ने सल्लाह दिए। मन्त्री पौडेलले यो पुस्ताको करियर खोज्दा भोग्नुपरेका समस्याको नीतिगत सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने र युवा पुस्तालाई यही बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

Esewa
Crest

कार्यक्रममा कि नोट मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले विद्यार्थीहरुमाझ अहिलेको प्रतिस्प्रधी बजारमा प्रतिस्पर्धाकाबीच पहिलो स्थानमा कसरी उभिने र १२ पास गरिसकेपछि अब तत्कालै के के कुरा गर्ने भन्ने भिजन प्रस्तुत गरे।

सम्मेलनमा ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा नेपालको अग्रणी डिजिटल वाल्ट ईसेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक संजोग कोइराला, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले प्यानलमा बहस गरेका थिए। उक्त बहस बाट विद्यार्थीहरुले व्यावहारिक ज्ञान र अहिलेको वास्तविक बजार बारे जानकारी पाएको आयोजकले जनाएको छ।

कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए। यस्तै नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति र हास्य कलाकार सुमन कार्कीले प्रहसन प्रस्तुत गरेका थिए।

सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ। यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS