IME Life New

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौँ, आफैँ-आफैँ उठाएर ठूला आयोजना बनाऔँः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औँ वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा प्रधानमन्त्री ओलीले ठूला–ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरेका हुन्। ‘तपाइँहरु लगानी गर्नुस्। अरुलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन’, उनले भने, ‘अप्पर अरुण अरुले पैसा नदिने भएर समस्या भएको हो। आफैँ–आफैँ उठाऔँ न। ठूलो कुरा मानिसको सहभागिता हो। ठूला–ठूला आयोजना विदेशी सहायताले चलेका छैनन्।’

Esewa
Crest

प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केही गरेको भन्दै आभार व्यक्त गरे। ‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ। यो राष्ट्रिय भावनालाई सम्मान छ। कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्याउन खोजेका हुन्छन्। तपाइँहरुले यहीँ लगानी गरेर देशको विकास गर्न खोज्नु भयो। गर्यो भने हुन्छ भन्ने सफलताका कथाहरु भनिरहनु भएको छ’, उनले भने, ‘९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ। ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ। हामी काम गर्न सक्छौँ।’

ओलीका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन्। ‘ऊर्जाले खपतका ठाउँहरु आफैँ बनाउँछ। धौ वादीबाट फलाम खानी उत्खनन हुँदैछ। त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो। ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिँदैन’, उनले भने, ‘मल उद्योग खोल्नुछ। अरु उद्योगहरु ब्युताउनुपर्नेछ। विभिन्न मोडल अपनाएर चला उनुपर्नेछ। त्यसका लागि ऊर्जा चाहिन्छ।’

प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो ? भन्दै प्रश्न गरे। ‘५०० कर्मचारीले काम हुने ठाउँमा २७०० कर्मचारी भयो। ६ महिनामा सरकार परिवर्तन हुने भयो। सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए। ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो। कारण अरु पनि छन्’, उनले भने, ‘प्राकृतिक रुपले सम्पन्न छौँ। विकास चाहिन्छ वातावरण चाहिन्छ। इकोसिस्टम कायम राख्नुछ। सँगसँगै विकास पनि गर्नुछ।’

प्रधानमन्त्री ओलीले ‘मान्छे पस्न नपाउने वन के काम ?’ भन्दै प्रश्न गरे। ‘नीतिहरु काम गर्नका लागि हुन रोक्नका लागि होइन। ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ’, उनले भने, ‘नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन।’

प्रधानमन्त्री ओलीका अनुसार नेपालमा अहिले साढे ३०० बाघ छन्। ‘अब पनि डबल गर्ने ?’, उनले भने, ‘अमेरिका गएका केटाकेटीको पछि लाग्ने ? बाघ घटाउनुपर्छ। बाघको सुरक्षा गर्ने तर मान्छेको नगर्ने भन्ने हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS