IME Life New

वित्तीय साक्षरता सप्ताहको दोश्रो दिन अधिराज्यका तीन स्थानमा मिर्मिरेको कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियानको दोश्रो दिन मंगलबार मधेश प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्य तथा स्थानीय वासिन्दाहरु सहित कलैयाको बजारमा वित्तीय जागरण सम्वन्धि प्लेकार्ड एवं श्रव्य सामाग्रीहरु सहित ¥यालीले वजार परिक्रमा गरेको छ । बजार परिक्रम पश्चात करणराज होटल एण्ड पार्टी प्यालेसमा केन्द्र प्रमुख राधिका देवी शाहको सभाध्यक्षतामा अन्तक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले वित्तीय सचेतना अन्तर्गत वचतको महत्व, कर्जा परिचालन, बीमाको महत्व र आवश्यकता, सफा नोट निति लगायतको विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा वित्तीय सचेतना सम्बन्धि सन्देशमुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो । शाखा कार्यालय कलैयाका कर्मचारी फणिन्द्र कुमार शाहले संचालन गरेको कार्यक्रममा मधेश प्रदेश उप प्रमुख षडेन्द्र प्रसाद त्रिखत्री, कलैया शाखाका प्रमुख बम बहादुर चौधरी, फेटा शाखाका प्रमुख कुलदिप सिंह साउद, खोपवा शाखाका प्रमुख विनोद कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Esewa
Crest

त्यसै गरि प्रदेश नं. १ अन्तर्गत झापाको जुरोपानी शाखा अन्तर्गतका स्थानीयवासी एवं सदस्यहरु सहितको वित्तीय साक्षरता जनचेतना कार्यक्रम संचालन गरेको छ । प्रदेश प्रमुख सुरेश बहादुर खड्काले सहजिकरण गरेको कार्यक्रममा उप प्रमुखहरु किरण विष्ट जुरोपानी शाखा प्रमुख निता राई लगायतको उपस्थिती रहेको थियो ।

त्यसै गरी पश्चिीमी क्षेत्रमा मिर्मिरेको शिशै उप प्रादेशिक कार्यालय अन्तर्गतका बेलासपुर, धकधई र जहदा क्षेत्रलाई समेटेर वित्तीय साक्षरता सम्बन्धि जनचेतना कार्यक्रम संचालन गरिएको छ । शिशै उप प्रदेश प्रमुख मनोज वलीले सहजिकरण गरेको कार्यक्रममा सो क्षेत्रका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गते देखि १३ गते सम्म वित्तीय साक्षरता मार्गदर्शन,२०७८ कार्यक्रम संचालनको लागि मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु संचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS