IME Life New

वित्तमन्त्रीको कारण यसरी आयो भारतीय शेयर बजारमा उछाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भारतीय शेयर बजारमा उछाल आएको छ।  भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा वृद्धि देखिएसंगै लगानीकर्ता केही उत्साहित भएका छन्।

सरकारले बिहीबार गरिब जनतालाई राहत प्याकेज घोषणा गर्‍यो। गरिब जनतालाई राहत दिन वित्तमन्त्री निर्मला सीतारमणले धेरै ठूला घोषणा गरेसंगै चाँडै नै अब सरकारले उद्योगको लागी पनि एक व्यापक राहत प्याकेज घोषणा गर्ने अनुमानसंगै बजारमा ठूलो उछाल आएको छ।

Esewa
Crest

बिएससी सेंसेक्स सूचक १४१० दशमलव ९९  को अंकले वृद्धि भएर २९९४६ दशमलव ७७ अंक मा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ३२३ दशमवल ६० अंकले वृद्धि भएर ८६४१ दशमलव ४५ अंकमा पुगेको छ।

भारत सरकारले कोरोना भाइरसको प्रभावलाई सामना गर्न प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत १.७ लाख करोडको राहत प्याकेज घोषणा गरेको छ । यसले धेरै चीजहरू समावेश गर्दछ जस्तै प्रत्यक्ष नगद स्थानान्तरण, कम लागतको खाद्य वस्तुहरू र बीमा।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS