IME Life New

वार्षिक १०० जना पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावरको लाइसेन्स नवीकरण गर्दै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लगातार दुई आर्थिक वर्षमा पनि १०० जनालाई वैदेशिक रोजगारीमा पठाउन नसकेका संस्था (म्यानपावर)को लाइसेन्स नवीकरण गरिदिने भएको छ।

मन्त्रिपरिषदको बिहीबार (साउन ३१ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७९।८० र २०८०।८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीहरुको लाइसेन्स नवीकरण गरिदिने निर्णय गरेको हो।

Esewa
Crest

आर्थिक वर्ष २०८१।८२ का लागि अन्तिम एकपटकका लागि लाइसेन्स नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय सरकारले गरेको छ।

यसअघि लगातार दुई आर्थिक वर्षमा वार्षिक १०० जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको लाइसेन्स रद्द गर्ने व्यवस्था रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS