IME Life New

वायु प्रदूषण बढ्यो, प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वातावरण विभागले वायु प्रदूषण बढेकोले ठोस तथा प्लास्टिकजन्य फोहोर र कृषिजन्य अवशेषहरु नजलाउन आग्रह गरेको छ।

विभागले एउटा सार्वजनिक सूचना जारी गर्दै नेपालका तराईलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकोले त्यस्ता सामग्री नजलाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विशेषगरी मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको विभागले जनाएको छ।

Esewa
Crest

वायु प्रदूषणको मुख्य कारक उद्योग, कलकारखाना र सवारीसाधनबाट निष्कासन हुने धुँवा, बन डढेलो र खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्किने धुँवा, सडक तथा निर्माणकार्यहरुबाट उड्ने धुलो आदि रहेको सूचनामा उल्लेख छ।

वायु प्रदूषणले मानव स्वास्थ्य नकारातमक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।

वायु प्रदूषण न्यूनकरण गर्न ठोस तथा प्लास्टिकजन्य सामग्री नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग, कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुँवाधुलोको यथोचित नियन्त्रण गर्न विभागले आग्रह गरेको छ।

वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० हुँदा अस्वस्थ, २०१–३०० हुँदा निकै अस्वस्थ र ३०१ भन्दा माथि भएका खतरनाक तह पुगेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS