IME Life New

वायुसेवा निगमले काठमाडौं-भैरहवा-काठमाडौं उडान भर्ने, भाडा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उडान भर्ने भएको छ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा भएको कठिनाइलाई मध्यनजर गर्दै निगमले यो रुटमा उडान भर्न लागेको हो। नेपालीहरुको महान पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान सहज होस भनी बडादसैँको फुलपातीको दिन अर्थात् असोज २४ गते काठमाडौं–भैरहवा–काठमाडौं निगमको ए३२० जहाजबाट उद्दार उडान गर्ने जानकारी गराइएको छ।

Esewa
Crest

यस विषम परिस्थितिमा उद्धार उडानमा खटिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको विशेष निर्देशन भएअनुसार निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहल उद्धार उडान हुन लागेको हो।

काठमाडौं–भैरहवाको उडान समय ११ः०० बजे र भाडादर ७ हजार रुपैयाँ, निःशुल्क लगेज ३० केजीसम्म तथा भैरहवा–काठमाडौंको उडान समय १२ः३० बजे र भाडादर ३ हजार ८९० रुपैयाँ र निः शुल्क लगेज ३० केजीसम्मको व्यवस्था निगमले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS