IME Life New

वाईवाई चाउचाउ लिएर रुसपछि इजिप्ट प्रवेश गर्यो चौधरी समूह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। यूरोपेली मुलुकहरुमा बजार विस्तारलाई प्राथमिकता दिएको चौधरी समूह(सिजी ग्रुप)ले इजिप्टमा पनि वाईवाई चाउचाउ उत्पादन गर्ने भएको छ ।

चौधरी समूहका अध्यक्ष विनोद चौधरीका अनुसार इजिप्टमा निर्माणाधीन उद्योगको शिलान्याश गरिएको जानकारी फेसबुक पेजमार्फत् शुक्रबार सार्वजनिक गरेका छन् । इजिप्टको बेनी सुएफ भन्ने स्थानमा उद्योग स्थापना भइरहेको छ । सन् २०२१ मै यो उद्योग संचालनमा ल्याउने योजना रहेपनि ढिलो भएको छ । यूरोपको सर्भिया पछि रुसमा प्रवेश गरेको चौधरी समूहले इजिप्टमा समेत उद्योग स्थापना शुरु गरेको हो ।

Esewa
Crest

चौधरी समूहले सर्भियामा संचालनमा रहेको स्थानीय खाद्य उद्योग खरिद गरेको थियो । त्यसैगरी युरोपेली बहुर्राष्ट्रिय खाद्य उत्पादक समूह गलिना ब्लांकको रुस र सिआइएस(कमवेल्थ अफ इण्डिपेन्डेन्ट नेशन्स)मा रहेको जिबी फुड्सको उद्योग र सम्पूर्ण व्यापार खरिद गरेर गत असोजमा रुसमा प्रवेश गरेको थियो । इजिप्टमा भने नयाँ उद्योग नै स्थापना गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS