IME Life New

वर्ष २०२३ मा १७ वटा वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, रु. १५ करोड बढी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक वर्ष २०२३ मा करिब डेढ दर्जन वाणिज्य बैंकमाथि कारबाही गर्दै करोडौँ रकम जरिवानाबापत उठाएको छ।

विभिन्न नियम मिचेकोमा केन्द्रीय बैंकले १७ वटा वाणिज्य बैंक (तत्कालीनका सहित)हरुमाथि कारबाही गरेको हो। यसरी कारबाहीमा पर्नेमा वाणिज्य बैंकहरुमा प्रभु, कुमारी, बैंक अफ काठमाण्डू, प्राइम, माछापुच्छ्रे, सानिमा, नेपाल इन्भेस्टमेन्ट बैंक, सिभिल, नबिल, एनसीसी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई, हिमालयन, एनएमबि, एनआईसी एसिया र सिटिजन्स रहेका छन्। यी बैंकमध्ये वर्ष २०२३ मा कुमारी र नबिल ३–३ पटक, प्रभु, प्राइम, एनसीसी र हिमालयन बैंक २–२ पटक र अन्य बैंक १ पटक कारबाहीमा परेका छन्।

Esewa
Crest

राष्ट्र बैंकले ती वाणिज्य बैंकहरुलाई कारबाही वर्ष २०२३ मा मात्रै जरिवानाबापत १५ करोड रुपैयाँ बढी रकम उठाएको छ।

राष्ट्र बैंकले गत फेब्रुअरी ८ मा आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ९ वटा बैंकलाई नियम उल्लंघन गरेकोमा कारबाही गरेको छ। जसमा प्रभु र माछापुच्छ्रे बैंकमाथि २ वटा कारबाही गरेको थियो। प्रभुलाई सम्पत्ति शुद्धीकरणको नियम मिचेको र अन्य शीर्षकमा कारबाही गरिएको छ। त्यस्तै माछापुच्छ्रे बैंकलाई अन्य शीर्षकमा २ पटक कारबाही गरिएको थियो।

दोस्रो त्रैमासमा राष्ट्र बैंकले प्रभुसहित कुमारी, तत्कालीन बैंक अफ काठमाण्डू र प्राइममाथि सम्पत्ति शुद्धीकरणको नियम उल्लंघन गरेकोमा जनही ५० लाख रुपैयाँ जरिवाना गरिएको थियो।

यसैगरी माछापुच्छ्रेसहित सानिमा, नेपाल इन्भेस्टमेन्ट (तत्कालीन), सिभिल, नबिल र प्रभुलाई अन्य कारबाहीअन्तर्गत सचेत गराइएको थियो।

त्यस्तै अप्रिल १ मा अर्को सूचना जारी गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा ७ वटा वाणिज्य बैंकमाथि कारबाही गरिएको जानकारी गरायो। जसमा अन्य शीर्षकअन्तर्गत तत्कालीन एनसीसी बैंकमाथि दुईपटक र तत्कालीन कुमारी बैंकमाथि एकपटक कारबाही गरिएको थियो।

यही त्रैमासमा सम्पत्ति शुद्धीकरणअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख जरिवाना गरिएको थयो भने कर्जा–निक्षेप अनुपातको नियम मिचेकोमा तत्कालीन सेन्चुरी, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई, कृषि र हिमालयन बैंकलाई ठूलो धनराशि जरिवाना गरिएको थियो। जसअन्तर्गत सेन्चुरीलाई २ करोड ८४ लाख ७३२.८६ रुपैयाँ, नेपाल बैंकलाई १८ लाख ५९ हजार ७५२.३८ रुपैयाँ, नबिललाई ६ करोड ४६ लाख ४५ हजार ३२.७४ रुपैयाँ, ग्लोबल आइएमईलाई ४ करोड ४२ लाख ४६ हजार ८३१.०३ रुपैयाँ, कृषिलाई ६९ लाख ५८ हजार ८३१.८४ रुपैयाँ र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार ९५९.३६ रुपैयाँ जरिवाना गरिएको थियो।

राष्ट्र बैंकले अगस्ट ७ मा फेरि अर्को सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा विभिन्न नियम मिच्ने ३ वाणिज्य बैंकमाथि कारबाही गरिएको जानकारी गरायो। जसमा प्राइमलाई अन्य शीर्षकमा कारबाही गर्दै सचेत गराउने काम भएको थियो भने कर्जा–निक्षेप अनुपातको नियम उल्लंघन गरेकोमा कुमारीलाई ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ र हिमालयनलाई १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरिएको थियो।

गत अगस्ट २० मा राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा ६ वटा वाणिज्य बैंकलाई विभिन्न नियम मिचेकोमा कारबाही गरेको थियो। जसमा लक्ष्मीलाई सम्पत्ति शुद्धीकरणको नियम उल्लंघन गरेकोमा ७० लाख रुपैयाँ र हिमालयन बैंकलाई कर्जा–निक्षेप अनुपातको नियम मिचेकोमा १ करोड ६७ लाख ७१ हजार ४३४.०९ रुपैयाँ नगद जरिवाना गरिएको थियो। एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकलाई भने अन्य शीर्षकमा कारबाही गर्दै सचेत गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS