IME Life New

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा, गौरी शंकर बालगृहमा पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ।

यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए।

Esewa
Crest

अनुपा भण्डारी जालानले अन्य संघसंस्थाहरूसँग पनि गौरी शंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गर्दै बालकल्याणका लागि अधिक सक्रियता प्रदर्शन गर्नुपर्ने आवश्यकता र महत्त्वलाई जोड दिइन् ।

मेयर ईश्वर नारायण मानन्धरले पनि अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गर्दै वर्ल्डलिंकलाई धन्यवाद व्यक्त गरे ।

वर्ल्डलिंकले भवनको मर्मत कार्यमा २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना कम्बल, र स्टेशनरी प्रदान गरी सफलतापूर्वक कार्य सम्पन्न गरेको छ। यस परियोजनाले बाल गृहका बच्चाहरूलाई अझ सुरक्षित र आरामदायक बसोबासको सुनिश्चितता दिएको छ, जसले उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानसिक समग्र विकासलाई मद्दत पुर्याउने कम्पनीको विश्वास छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS