IME Life New

लोकसेवा उत्तीर्ण ९ जनालाई स्थायी नियुक्ति लिन आउन सडक विभागको ताकेता, नत्र वैकल्पिकलाई मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सडक विभागले लोकसेवा उत्तीर्ण गरेका ९ जनालाई नियुक्ति लिन आउन ताकेता गरेको छ।

विभागले आज एक सूचना प्रकाशित गरी निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका ती ९ जनालाई नियुक्ति लिन आउन ताकेता गरेको हो। उनीहरुलाई सोही नियमावलीको नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्रसहित नियुक्ति लिन आउन विभागले सूचित गरेको छ।

Esewa
Crest

नियमावलीमा भएको व्यवस्थाबमोजिम तोकिएको मितिभित्र नियुक्ति लिन नआए नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रमअनुसार नियुक्ति गरिने पनि विभागले स्पष्ट पारेको छ।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी(प्रा) सबइन्जिनियर पदमा लोकसेवा आयोगले लिएको लिखित र मौखिक परीक्षामा नरेशजराज जोशी, बिकेन श्रेष्ठ, जितेन्द्रप्रकाश सिंह, जीवन रेग्मी, दिपक चौधरी, पवन धिताल, बालकृष्ण शिवाकोटी, सन्ध्या भुजेल र निकिता गौतम उत्तीर्ण भएका थिए। यी उम्मेदवार नियुक्ति लिन नआएपछि विभागले ताकेता गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS