IME Life New

लिवर्टी ईनर्जीको स्थगित आईपीओ साउन ७ गते बाट पुनः खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले लमजुङ्गबासीका लागि निष्काशन गरेको स्थगित आईपीओे साउन ७ गते बाट पुनः खुला गर्ने भएको छ । कम्पनीले यसअघि फागनु २७ गतेदेखि आईपीओ खुला गरेकोमा कोरोना नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएसँगै आईपीओे स्थगित भएको थियो। अब उक्त आईपीओमा साउन ७ गतेदेखि साउन २१ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

Esewa
Crest

प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्।। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

कम्पनीले जारी गर्ने कूल १५ लाख कित्ता शेयरमध्ये वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिम आयोजनाबाट अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वडा नं ६ र ७ ९फलेनी र डोढोडेनी गाविसमा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई ५ लाख कित्ता शेयर छुट्याइएको छ ।

यसैगरि आयोजनाबाट प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं ११ मास्थानियलाई ५ लाख कित्ता र बाँकी ५ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाका बाँकी स्थानका सम्पूर्ण बासिन्दाहरुका लागि निष्काशन गरिने कम्पनीले विवरणपत्रमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS