IME Life New

लिवर्टी इनर्जीको आईपीओ बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले साउन ७ गतेदेखि लमजुङ्गबासीका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि फागुन २७ गतेदेखि आईपीओ खुला गरेकोमा कोरोना नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएसँगै आईपीओे स्थगित भएको थियो।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गरेको हो। प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्।।

Esewa
Crest

अब उक्त आईपीओमा साउन २१ गतेसम्म आवेदन दिन पाइनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र लमजुङ्गमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट भौतिक रुपमा नै फारम भर्न सकिन्छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS