IME Life New

लिबर्टी इनर्जीले मंसिर १६ बाट हकप्रद बिक्री खुला गर्ने, कहिलेसम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

Esewa
Crest

लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय तथा लमजुङको बेसीसहरस्थित प्रभु बैंकको शाखा, भोटेओडारस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा र दोर्दीस्थित ग्लोबल आइएमई बैंकको शाखामा गएर आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट पनि हकप्रद भर्न सकिनेछ।

लगानीकर्ताले यो हकप्रदमा पुस ७ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनार्थ गत कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद भर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS