IME Life New

प्रभु क्यापिटलको १३ औं साधारण सभा सम्पन्न, चुक्ता पूँजी १ अर्ब पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल एलफ्ट छाया सेन्टर ठमेलमा सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै, लेखापरिक्षक प्रतिवेदन सहितको क्यापिटललको आर्थिक वर्ष २०७७ /७८ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचिहरु पारित गरेको छ ।

Esewa
Crest

सभामा आर्थिक वर्ष २०७८ /७९ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम लेखापरिक्षक आचार्या सुमन एशोसिएयटस पुनः नियुक्ति गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७ /७८ मा प्राप्त मुनाफाबाट कर सहितको नगद लाभांशको रुपमा १७ दशमलव ६१ प्रतिशत नगद लाभांश पारित गर्ने, हाल कायम चुक्ता पूँजीको २२ दशमलव ३८८५ प्रतिशत बोनश शेयर वितरण कारण क्यापिटलको जारी,अधिकृत तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोध तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाबाट पारित भएको छ ।

 १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग बन्यो प्रभु क्यापिटल 
नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तर्गत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS