IME Life New

लाभांश पारित सहित गुराँस लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा भिडियो कन्फरेन्सको माध्यमबाट सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन , वितीय विवरणहरू वासलात, नाफा,नोक्सान हिसाब नगद,प्रवाह विवरण लगायतका अनुसूचिहरु उपर छलफल गरी पारित भएको छ ।

Esewa
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा अध्यक्षले आफ्नै भवन निर्माण गर्नको लागि जग्गा खरिद गर्ने बताएका छन् ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थिायो । उक्त प्रस्ताव पनि पाििरत भएको छ ।

सभाले बोनश शेयर वितरणपछि बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पूँजीलाई सोहि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने, प्रस्तावित संशोधनमा नियमनकारी निकायले परिमार्जनरफेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, विभिन्न समिति तथा उपसमितिहौरलाई प्रदान गरिएको बैठक भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS