IME Life New

लमही नगरपालिकामा बीमा समिति : घर तथा सम्पत्ती बीमा गराउने जन प्रतिनिधिको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले दाङ जिल्लाको लमही नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिका मेयर कुल बहादुर खत्री क्षेत्री, उपमेयर देवका बेल्बासे, बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्मा, स्थानीय जन प्रतिनिधिहरु, शिक्षक, व्यवसायी, सर्वसाधारण लगायत ८० जना भन्दा धेरैको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन उपनिर्देशक सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य समितिकै सुन्दर प्रसाद शर्माले दिएका थिए । निर्देशक सुवेदीले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुतिकरण दिएका थिए । जानकारी मुलक प्रस्तुतिकरण सँगै सहभागिहरुको गुनासो, सल्लाह सुझाव लिइएको समितिले जनाएको छ । कार्यक्रममा उठेका सवाल तथा प्रश्नहरुको जवाफ निर्देशक सुवेदीले दिएका थिए ।

Esewa
Crest

सहभागीहरुले कोरोना बीमाको विषयमा प्रश्न गरेका थिए । समितिका पदाधिकारीहरुले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालय सँग आवस्यक समन्वय भइरहेको हुँदा सम्भवत तिहार पछाडी दाबी पाउने सक्ने सम्भावना रहेको भन्दै जवाफ दिएको थिए ।

सरकारले सम्पत्ती बीमामा ५ प्रतिशत कर छुट दिएको व्यवस्थालाई कसरी सदुपयोग गर्ने भन्दै सहभागीहरुले प्रश्न गरेका थिए । समितिलेका प्रतिधिहरुले यसको सदुपयोग गर्न स्थानीय निकायले आफ्नो सेवा प्रवाहका क्रममा करमा टाइअप गरदिन सक्ने भन्दै सुझाव दिएका थिए । बीमा गरे पछि मात्रै कर बुझ्छौ भन्ने किसिमका व्यवस्था राखेर पनि यसको सदुपयोग गर्न सकिने भन्दै समितिले सुझाव दिएको छ । त्यस्तै नगरपालिका आफैले पनि घरको बीमा गरिदिन सक्ने हुँदा यसका लागि आवस्यक बजेट छुट्टाउन समितिले अनुरोध गरेको छ ।

यस नगरपालिकामा १२/१३ हजार वटा घर रहेको छ । यस क्षेत्रका एउटा पक्की घरको मूल्य औषतमा ३०/४० लाख पर्ने जाने पाइएको छ । यति घरको बीमा गर्न लगभग ३४/३५ लाख पर्न जाने भएकाले यसका लागि स्थानीय निकायले बजेट छुट्टाएर पनि काम गर्न सक्ने भन्दै समितिले विवरण सहितको सुझाव दिएको थियो । समितिको सुझाव पछि यति बजेटले पुग्ने हो भने बीमा गर्न तयार भएको भन्दै सहमत जनाएका थिए । समितिले बीमाको बारेमा राम्रो सँग बुझाइदिएको भन्दै जनप्रतिनिधिहरुले यस्तो कार्यक्रमको निरन्तरताको माग राख्दै समितिको सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई संवोधन गर्दै मेयर क्षेत्रीले सम्पत्ती बीमालाई आफ्नो नगरपालिकालाई कसरी कार्यान्वय गर्ने भनेर छलफल गरेर निर्णय गर्ने बताएका थिए । उपमेयर बेल्बासेले बीमा सम्बन्धी सचेतना कार्यक्रम वडा स्तरमै पुर्याउनका लागि आवस्यक पहल गर्ने र यसमा बीमा समितिलाई साथ दिन अनुरोध गरेकी थिइन । दुबै जनप्रतिनिधिले आफ्नो नगरपालिकाले बीमा सम्बन्धी एक जना फोकल पर्सन तोकिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका लागि बीमा समिति सँग समन्वय गरिदिन अनुरोध गरेका थिए ।

यस क्षेत्रमा कतिपय अभिकर्ताले बीमित सँग पैसा उठाएर भागिदिने तथा बीमा नगरिदिने सम्मका गुनासो सुनिएको छ । यस्तो गुनासो सुने पछि बीमा समितिले उनिहरुलाई तुरुन्तै उजुरी गर्न अनुरोध गरेको छ । उनिहरुको उजुरीको आधारमा सम्बन्धित व्यक्तिलाई फौजदारी हो भने पुलिसमा जाने र ठगी हो भने ठगी मुद्दा लाग्ने जानकारी गराइएको थियो । उजुरीका आधारमा बीमा समितिले आवस्यक प्रकृयाँ अगाडी बढाउने भन्दै समितिले विश्वस्थ पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS