IME Life New

लघु निर्जीवन बीमकको लगानी २ अर्ब माथि, कुन क्षेत्रमा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब रुपैयाँ बढी लगानी गरेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघु निर्जीवन बीमकले कुल २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन् । सबैभन्दा लगानी गर्नेमा स्टार माइक्रो रहेको छ । यो कम्पनीले विभिन्न क्षेत्रमा ५५ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ । यो कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ। यसैगरी ट्रस्ट माइक्रोले ५२ करोड १४ लाख रुपैयाँ र नेपाल माइक्रोले ५१ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ।

Crest

चार निर्जीवन लघु बीमकको सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ । ‘क’ वर्गका बैंकहरुको निर्जीवन लघु बीमकले १ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ, ‘ख’ वर्गका बैंकहरुमा १५ करोड १० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुमा ५ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको देखिन्छ ।

त्यस्तै निर्जीवन लघु बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १८ लाख ६१ हजार रुपैयाँ लगानी रहेको छ । बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३० लाख ८८ हजार रुपैयाँ रहेको छ भने नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ९० लाख रुपैयाँ लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS