IME Life New

लगानीकर्ताले गभर्नर अधिकारीलाई बुझाए ४ बुँदे मागपत्र, ४/१२ को सिमा खारेज गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई चार बुँदे माग प्रस्तुत गरेका छन् । शेयर बजार ३२ सय अंकबाट २२ अंकमा झर्दा बजार पूँजीकरण पनि ४४ खर्बबाट ३१ खर्बमा झरेको भन्दै उनिहरुले लगानीकर्ताको मनोबल बढाउन शेयर धितोकर्जाको सिमा बढाउन अनुरोध गरेका छन् ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा ४/१२ को सिमाले बजारलाई निरुत्साहित गरेको भन्दै यस्तो व्यवस्थालाई फिर्ता लिन उनिहरुले अनुरोध गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि शेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशत नै कायम गरिदिन समेत उनिहरुको आग्रह रहेको छ ।

Esewa
Crest

मर्जर र एक्विजीसनले शेयर कारोबार रोकिँदा आम लगानीकर्ताको चल अचल सम्पति बन्धक भई नोक्सानी र राज्यले पाउने राजश्वमा समेत नकारात्मक असर परिरहेको सन्दर्भमा उक्त कार्य हाल बैंक तथा वित्तिय संस्थाले वार्षिक साधारण सभाको लागि दाखिला खारेज गर्ने व्यवस्था गरे जस्तै गरि केही सिमित अवधिको लागि मात्र कारोबार रोक्का रहने व्यवस्थाको लागि अनुरोध गरिएको छ ।

देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकोले नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरियोस् भन्दै संयुक्त रुपमा उनिहरुले मागपत्र प्रस्तुत गरेका हुन् । मागपत्रमा फोरमका अध्यक्ष तुलसी राम ढकाल र संघका अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS