IME Life New

लगातार कमजोर बन्दै नेपाली मुद्रा, नयाँ उचाइ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा लगातार कमजोर बन्दै गइरहेको छ।अमेरिकी डलरको भाउ आज आइतबार फेरि नयाँ उचाइ पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ तोकेको छ। जुन हालसम्मकै उच्च हो।
यसअघि गत बुधबार १ डलरको खरिददर १३३.०८ रुपैयाँ र बिक्रीदर १३३.६८ रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।

नेपाली मुद्राको तुलनामा डलर बलिया बन्दा यसले देशको व्यापार घाटा बढाउँछ। वैदेशिक ऋणको लागत पनि बढ्न जान्छ। डलरको भाउ बढ्दा विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई भने फाइदा हुन्छ।

Esewa
Crest

पछिल्लो समय भारतीय मुद्राको तुलनामा डलर बलियो बन्दै गएको छ। त्यसैले भारतीय मुद्रा डलरको कमजोर हुँदै जाँदा त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो। किनकि नेपाली र भारतीय मुद्राबीच स्थिर विनिमय दर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS