IME Life New

लक्ष्य अनुसारको काम असार सम्ममा पुरा हुन्छ : मन्त्री महासेठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमकको प्रमुख अतिथ्यता ग्रहणका क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लक्ष्य अनुसार काम समयमा नै सम्पन्न गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले भने,”रणनीतिक सडक र पुलमा बजेट अभाव हुँदैन। अपवाद बाहेक हाल कर्मचारीको सरुवा नहुने भएकोले कार्यक्षेत्र नछोड्न समेत कर्मचारीलाई आग्रह गर्छु ।”

Esewa
Crest

कार्यक्रममा अतिथ्यता ग्रहण गर्दै भौतिक पूर्वाधार तथा यातायात सचिव गोपाल प्रसाद सिग्देलले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल ईन्जिनियर्स एसोशियसनका पूर्व सदस्य ई। विनोद भट्टराईले भौतिक पूर्वाधार क्षेत्रको विविध समस्या तथा कर्मचारी व्यवस्थापनका समस्या र चुनौती बारे प्रकाश पारे ।

मन्त्रालयमा सक्रिय अन्य ट्रेड युनियन अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले संसदमा विचाराधिन निजामती विध्ययकमा गर्नु पर्ने सम्बोधन तथा कर्मचारी हितको पक्षमा आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला, सडक विभाग, रेल विभाग, यातायात व्यावस्था विभागका महानिर्देशक, उपमहानिर्देशक, मन्त्रालय तथा विभागका सहसचिव, सुई, आयोजना निर्देशक, नेपाल निजामती कर्मचारी यूनियनका पुर्ब अध्यक्ष सुबोध देबकोटा, संगठन केन्द्रका उपाध्यक्ष, प्रदेश ईञ्चार्ज, उपमहासचिब, सचिव, सचिवालय सदस्य, केन्द्रिय सदस्य, अन्य मन्त्रालयका विभागीय अध्यक्ष एवं प्रतिनिधि, बिभागका उपसचिव तथा सिडिई, मन्त्रालयमा सकृय अन्य ट्रेड युनियनका अध्यक्ष तथा प्रतिनिधि, विभागीय कमिटीका सदस्यहरु लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

संगठनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष ई। प्रमोद खतिवडाले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष ई। खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संगठनका विभागीय सचिव रामचन्द्र फुयाँलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS