IME Life New

लकडाउन १० दिन थप गर्न मन्त्रिपरिषद समक्ष सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरस विरुद्धमा नेपाल सरकारले गत चैत्र ११ गते देखि जारी राखेको सिंगो देश लकडाउन अझै ७ देखि १० दिन थप गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरिएको छ ।

 

Esewa
Crest

कोरोना भाइरस रोकथाम, नियन्त्रण उच्च स्तरीय समितिको आज बसेको बैठकले कोरोनाको प्रभाव न्यून देखिएका केही स्थानमा कोरोना खुकुलो बनाउँदै जारी लकडाउन अझै कम्तीमा ७ देखि बढिमा १० दिन जारी राख्नुपर्ने सिफारिस मन्त्रिपरिषद समक्ष गरेको छ । केहीबेर अघि सिंहदरवारमा सम्पन्न भएको उच्च स्तरीय समितिको बैठकले सो सम्बन्धी निर्णय गरेको हो । अब सो सम्बन्धमा भोलि बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले लकडाउन अझै प्रभावकारी रुपमा अघि बढाउन नागरिकहरुको जीऊ ज्यानको सुरक्षाका लागि जारी लकडाउन अझै जारी राख्न मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने निर्णय भएको बताए उनले भने, ‘हामीले सुरुदेखि जनताको जीउधनको सुरक्षा लागि अपनाएका विधिहरुको बारेमा समीक्षा गर्यौं, सामाजिक, स्वास्थ्य, सुरक्षा, नागरिकका दैनिकीलगायतका विषयहरुमा छलफल भयो । उनले भने, ‘आजसम्म सही बाटोमा भएको निष्कर्ष रह्यो । नागरिकको जीऊ ज्यानको सुरक्षा गर्न भूमिका निर्वाह गरेको छ । संक्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासका लागि अहिलेकै अवस्था (लकडाउन) लाई कायम राख्ने सिफारिस गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS