IME Life New

रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो । यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट रहेका थिए, बिशिष्ठ अतिथिका रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल रहेका थिए भने, अतिथि द्वय नेपाल प्रहरी (जनपथ) का , प्रहरी उपरीक्षक तुलबिक्रम कार्की, शसत्र प्रहरी बल का प्रहरी उपरीक्षक शोभाकान्त खनाल को पनि उपस्थिती रहेको थियो । कार्यक्रममको झण्डोत्तोलन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख प्रशान्त बिष्ट बाट भएको थियो ।

Esewa
Crest

यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् । साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए। नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए । त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे । यात्राले न केवल मोटरसाइकल पर्यटनलाई प्रवद्र्धन गर्यो, बरु स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गर्यो।

यात्राको थप आकर्षण थियो रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरीयो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्द लाई सम्मान प्रदान गरिएको थियो ।

यस भव्य महा–राइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरीएको छ । रोयल इनफिल्डका उत्साही राइडरहरू आगामी यात्राहरूमा अझ उत्साहित हुँदै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS