IME Life New

रु. २०० मुनिका शेयर किन्न छुट्यो ? यी हुन् रु. ३०० तलका शेयर (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार ३००० माथि उक्लिएको छ। बजार लगातार बढिरहेको छ।

बजार लगातार बढ्न थालेपछि लगानीकर्ता पनि धमाधम भित्रिन थालेका छन्। अहिले लगानीकर्ताहरुको आँखा सस्ता शेयरमा रहेका छन्। यसअघि २०० रुपैयाँ मुनिका शेयरमा लगानीकर्ता झुम्मिएका थिए।

Esewa
Crest

बजार बढ्दै जाँदा एचआईडीसीएलपीबाहेक अरु सबै शेयर २०० रुपैयाँ माथि उक्लिसकेका छन्। एचआईडीसीएलपीको बजारभाउ भने प्रतिकित्ता १९७ रुपैयाँ रहेको छ।

त्यसो त अझै पनि बजारमा ३०० रुपैयाँ मुनिका करिब डेढ दर्जन शेयर रहेका छन्। जसमा ९ वटा वाणिज्य बैंकका र बाँकी जलविद्युत कम्पनीका शेयर रहेका छन्।

शेयरभाउ रु. ३०० रुपैयाँ तलका वाणिज्य बैंक 

  • हिमालयन बैंकः २८९ रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २८३ रुपैयाँ
  • एनएमबि बैंकः २८१.२० रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २७८ रुपैयाँ
  • माछापुच्छ्रे बैंकः २७८ रुपैयाँ
  • सिटिजन्स बैंकः २७७.५० रुपैयाँ
  • प्रभु बैंकः २७३.१० रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २७३ रुपैयाँ
  • कुमारी बैंकः २५६ रुपैयाँ

शेयरभाउ रु. ३०० तलका जलविद्युत कम्पनी

  • दिव्यश्वरी हाइड्रोपावरः २९३ रुपैयाँ
  • अपर तामाकोशीः २८६ रुपैयाँ
  • हिमालयन ऊर्जा विकासः २८६ रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २७९ रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः २७५ रुपैयाँ
  • घलेम्दी हाइड्रोपावरः २७० रुपैयाँ
  • आँखुखोला जलविद्युतः २६८ रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २६५.१० रुपैयाँ

(नोटः यो समाचार बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार तयार पारिएको हो। यो कारोबार सिफारिसका लागि भने होइन। लगानीकर्ताले राम्ररी अध्ययन गरेरमात्रै शेयरमा लगानी गर्नुपर्छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS