IME Life New

रु रु जलविद्युतको लाभांश घोषणा, ८० हकप्रद पनि ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ० दशलमव ७८९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशलमव ७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

साथै कम्पनीको सोही बैठकले बोनश वितरणपछि कायम हुन आउने चुक्तापूँजीको १ः०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी व्यवस्थापनको लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ ।

कम्पनीको सो प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक ११ गते साधारणसभा बोलाएको छ। सभा विहान ११ बजे लिसारा ब्याङकेट नक्सालमा आयोजना गर्ने जनाएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि आगामी असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

1727585881175 1727584021499

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS