IME Life New

रुरु जलविद्युतले बढायो नाफा, ईपीएसमा भने सामान्य गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ६ करोड ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो सोही अवधिसम्म कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १.९२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको लागत २ करोड १६ लाख रुपैयाँ घटाउँदा कुल आम्दानी ७ करोड ६ लाख रुपैयाँ रहेको देखिन्छ।

चुक्तापुँजी ५६ करोड ७३ लाख रुपैयाँ कम्पनीको रिजर्भमा १६ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २२ करोड ३ लाख रुपैयाँ रहेको थियो। रिजर्भको आकार २५.३२ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २१.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.९० रुपैयाँ थियो। पीई रेसियो ३४.४२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS