IME Life New

रिलायन्स लाइफका कर्मचारी र अभिकर्ताद्धारा पहिरो पिडितहरुलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

म्याग्दी । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी र अभिकर्ताहरुले म्याग्दीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेका छन्
कम्पनीको बेनी शाखाले आयोजना गरेको एजेन्सी म्यानेजर सम्मान कार्यक्रममा सहभागि कर्मचारी र एजेन्सी म्यानेजरहरुबाट संकलित १५ हजार पाँच सय ५५ रुपैयाँ सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलाई हस्तान्तरण गरिएको हो ।

कम्पनीका क्षेत्रीय प्रमुख सुदिप राज ढुङ्गाना, बेनी शाखाका प्रमुख मुक्ति पौडेल, कुश्मा उपशाखाका प्रमुख प्रशन्न शर्मा पौडेल, बागलुङ शाखाका प्रमुख मिना जि सी कँडेल,बेनी शाखाका मार्केटिङ अफिसर ज्ञानु बानिया लगायतको टोलीले रकम हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

एजेन्सी म्यानेजर सम्मानको अवसरमा बेनी शाखा गोल्डस्ट्यान्डर पर्फर्मर भएकोमा कम्पनीका क्षेत्रीय प्रमुख सुदीपराज ढुङ्गानाबाट प्रमुख पौडेल र मार्केटिङ अफिसर बानियालाई सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सर्वोत्कृष्ठ कारोबार गर्ने एजेन्सी म्यानेजर राजन बानीया र अन्जना शर्मा चोखाललाई ट्रफि सम्मान पत्र तथा दोसल्लाले सम्मान गरीएको थियो ।साथै उक्त अवसरमा उत्कृट कारोवार गर्ने ४० जना एजेन्सीम्यानेजरहरुलाई शुभकामना सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS