IME Life New

रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

Esewa
Crest

कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ४ गते सम्म सर्वसाधारणलाई प्राथमिक शेयर निश्कासन गरी जेष्ठ ९ गते बाँडफाँड सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS