IME Life New

राहदानी आवेदन प्रणालीमा भाइरस पस्यो, अवरुद्ध सेवा सुचारु गर्न १-२ हप्ता लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। यही कारणले सेवा अवरुद्ध भएको विभागले स्पष्ट पारेको छ।

विभागले एक सूचना जारी गर्दै भाइरसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नियोगहरुको राहदानी सेवा बन्द गर्नुपरेको जनाएको छ। ‘ती स्थानमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको छ’, सूचनामा भनिएको छ, ‘पूर्णरुरूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने देखिएको छ।’

Esewa
Crest

राहदानी विभागबाट आंशिक रुपमा सेवा प्रारम्भ गरिएको, यसअघि नै फाराम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरु गरिसकिएको र १–२ दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिने सूचनामा उल्लेख छ। ‘भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको तथा आवेदकको तथ्यांक पूर्ण सुरक्षित रहेको छ’, विभागले भनेको छ। धैर्यता अपनाउनका लागि विभाग अनुरोध गरेको छ।

अत्यावश्यक पर्ने सेवाग्राहीहरुका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको पनि विभागले जनाएको छ। ‘आ–आफ्नो जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिनेसम्बन्धी अध्यावधिक जानकारीका लागि तत् तत् निकायमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ’, विभागले भनेको छ, ‘यसका साथै विभागको टेलिफोन नं. ९७७–१–५४७०३३०÷३३१÷३३२ मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ।’

यसका साथै सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्य गरिरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS